Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हावाहुरीले ढलेको रूखले लागेर प्राचार्य भण्डारीको मृत्यु

कैलालीमा हावाहुरीका कारण ढलेको रुखले लागेर एक शिक्षकको मृत्यु भएको छ ।

शुक्रबार बिहान हावाहुरीका कारण ढलेको सालको रूखले लागेर घोडाघोडी नगरपालिका–१, सुन्दर टोल निवासी ५२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भएका थिए ।

उनी राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका प्राचार्य थिए । घटनापछि भण्डारीलाई तत्काल घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।