शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विश्व पौडेलविरुद्धको रिट दरपिठ

विश्व पौडेलविरुद्धको रिट दरपिठ

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।

    तर उक्त रिट सर्वोच्च प्रशासनले आज (शुक्रबार) दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।

    अधिवक्ताद्वय उप्रेती र थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए । पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गरेको हो । तर निवेदकले भने प्रशासनको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट