Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवीन्द्र मिश्रलाई लगियो अदालत, सर्वोच्च परिसरमा पुगेपछि खोलियो हतकडी

गत चैत १५ गतेको तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। बयानका लागि उनलाई अदालत लागिएको हो । आज अदालत परिसरमा पुग्ने बित्तिकै हातको हतकडी खोलिएको छ।

मिश्रको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी पत्यक्षीकरण रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

आज मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ। मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट दायर गरेकी थिइन्।

मिश्रलाई हिजो सर्वोच्चमा शरीर उपस्थित गराएर फर्काइएको थियो । आज सो मुद्दा इजलास नम्बर ५ मा परेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठले मुद्दाको सुनवाइ गर्नेछन्।

उनलाई हिरासतबाहिर राखेर मुद्दाको अनुसन्धान गर्न मिश्रका कानून व्यवसायीहरुले माग गरेका छन् ।