शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टेरामक्स प्रकरण: यी हुन् भ्रष्टाचारमा मुछिएका सांसद बस्नेतसहितका १६ प्रतिवादी

टेरामक्स प्रकरण: यी हुन् भ्रष्टाचारमा मुछिएका सांसद बस्नेतसहितका १६ प्रतिवादी

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • टेरामक्स प्रकरण: यी हुन् भ्रष्टाचारमा मुछिएका सांसद बस्नेतसहितका १६ प्रतिवादी

    टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।

    आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र दुुई कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ ।

    जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद मोहन बस्नेतसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ । बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

    त्यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

    त्यस्तै परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।

    यी हुन् प्रतिवादीहरू
    तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेत
    दूरसञ्चारका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल
    तत्कालीन सदस्यहरू
    धनराज ज्ञवाली
    टीकाप्रसाद उप्रेती
    तत्कालीन निर्देशक विजयकुमार राय
    उपनिर्देशकहरू
    रेवतीराम पन्थ
    सुरेश बस्नेत
    हिरण्यप्रसाद बस्ताकोट
    अच्युतानन्द मिश्र
    निर्देशकहरू
    सुरेन्द्रलाल हाडा
    दीपेश आचार्य
    सन्दीप अधिकारी
    परामर्शदाता भ्यानराइज सोल्युसन्स
    कम्पनीका सीईओ जमल अनोन्ती
    लोकल एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं
    लोकल एजेन्टका अध्यक्ष दिलिपकुमार गुरुङ
    निर्देशक तेजप्रसाद खरेल

    teramox-2.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार