Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दोर्दी खोला जलविद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बुधबार (वैशाख ३१ गते) बाँडफाँट गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको थियो । जसमा गत माघ १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

यसरी बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका सबैले मागअनुसार नै ८५ लाख ९५ हजार ९२८ कित्ता शेयर प्राप्त गरेका छन् । बाँकी बाँडफाँटमा नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा आउने भएको छ । यसको मिति भने टुंगो लागिसकेको छैन ।

साथै, रीतपूर्वक आवेदन नपरेका वा हकभन्दा बढी कित्ता माग गरेर शेयर नपाएकाहरूको हकमा उक्त रकम जेठ ४ देखि फिर्ता गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।