शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गभर्नरमा मेरो कोही मान्छे ल्याउनु छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छः प्रधानमन्त्री ओली

गभर्नरमा मेरो कोही मान्छे ल्याउनु छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छः प्रधानमन्त्री ओली

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • गभर्नरमा मेरो कोही मान्छे ल्याउनु छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छः प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका छन्। प्रधानमन्त्री ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका हुन् ।

    गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । गत चैत २४ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ, डेपुटी गभर्नर नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारीमा छिन् ।

    पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बिहीबार धारणा राख्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो, काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ, मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’

    प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताएका छन् । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार