शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैनः सांसद सिंह

गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैनः सांसद सिंह

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैनः सांसद सिंह

    प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमशेरकुमार सिंहले गभर्नर सिफारिस समितिलाई सत्ता गठबन्धनले मजाक बनाएको टिप्पणी गरेका छन्।

    उनले राजनीतिक दलको कार्यकर्ता भन्दा राष्ट्र बैंकभित्रको विज्ञलाई गभर्नर बनाउन आग्रह गरेका छन् । आज (बिहीबार) को प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले राजनीतिक दलको कार्यकर्तालाई नियुक्त गरेर संस्था बलियो नबन्ने बताएका हुन्। कामु गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन उनले आग्रह गरे ।

    amaresh-kumar-sing2025-05-15-11-53-52.jpg

    सांसद सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन ।’ राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे । ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ,’ उनले भने, ‘राजदूत बन्छ । यो गलत परम्परा हो । राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन । पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन । त्यो आफैमा प्रमाण होइन ।’

    त्यस्तै सिफारिस समितिबारे पनि उनले प्रश्न गरे । सिंहले भने, ‘सर्च कमिटी भनेको मजाक हो ? १० दिनमा राजीनामा दिने, १० दिनमा अर्को नियुक्ति गर्ने ?’ ‘राजनीतिक दलको सदस्यलाई भर्ती गर्नुपर्ने कारण के हो ? राष्ट्र बैंकभित्र विज्ञ छैनन्, भित्रबाट गर्दा पाप लाग्छ ?’ सांसद सिंहले प्रश्न गरे, ‘डेपुटी गभर्नरलाई बनाउन मिल्दैन ? ऐनको सिधा उल्लंघन गर्नुपर्छ ?’ गभर्नर सिफारिस समितिका दुुई सदस्यले राजीनामा दिएपछि बुधवार मात्र अर्को सिफारिस समिति बनेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट