Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । 

विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । तीन अर्ब बढी सार्वजनिक हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।