कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । तीन अर्ब बढी सार्वजनिक हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्