Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जेठ महिनाको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति?

नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एकै दिन तोलामा ३,५०० रुपैयाँ घटेको छ।

यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो। यसैबिच चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १,९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।