Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ

संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवादमा आज बिहीबार पनि सुनुवाइ हुने भएको छ। वैशाख ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा।मनोजकुमार शर्मा, डा।कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइबिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओपप्रकाश अर्याल,सम्रित खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।