Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्ट को उपस्थितिमा संचालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरुको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । यसै गरि लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि 'वित्तीय साक्षरता तथा पुनर्ताजगी' कार्यक्रम सम्पन्न  गरेको छ । कार्यक्रममा  लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखा मा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति थियो ।

लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति थियो ।