शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • नेशनल लाइफले १५ प्रतिशत बोनस दिने

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको ५५०औँ सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको हो ।

    कम्पनीकी सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो । चुक्ता पुँजीको १० प्रतिशत अर्थात ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २६ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने कम्पनीले जनाएको छ ।

    कम्पनीले १५ प्रतिशत बोनसका लागि लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत अर्थात ४ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत दिने भएको सचिव श्रेष्ठले जानकारी दिइन् ।

    कम्पनीले प्रस्ताव गरेको उक्त बोनस नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर आगामी साधाणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने श्रेष्ठले बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार