Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

 नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश दिएका हाे । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो । 

सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।