Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जेठमा कुन बैंकको ब्याजदर कति? (सूचीसहित)

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदरमा खासै फेरबदल गरेका छैनन्। कर्जायोग्य रकम तरलता पर्याप्त भएको हुँदा बैंकहरुले पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्। जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

बैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १५ वटा बाणिज्य बैंक छन् भने ५ वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् ।

जसमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगत निक्षेपतर्फ १ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंक र सानिमा बैंकले ०.२५ र ०.०१ प्रतिशतले ब्याज घटाएका छन्।

यता एभरेष्ट बैंक र सानिमा बैंकले भने वैशाखको तुलनामा जेठमा न्युन प्रतिशतले ब्याजदर बढाएका छन्। जेठका लागि एभरेष्ट बैंकले वैशाखको तुलनामा ०.०३ प्रतिशत र नेपाल बैंकले ०.३ अंकले ब्याज बढाएका छन्।

वाणिज्य बैंकहरुले औसतमा जेठका लागि निक्षेपतर्फको ब्याजदर ५.९ प्रतिशतमा राखेका छन् भने संस्थागत तर्फ ४.३९ प्रतिशतमा राखेका छन्।

ban.jpg