Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

महालेखा परीक्षकको आज ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदैछ ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजुसहित प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । सोलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

संवैधानिक निकायको रुपमा रहेको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्छ ।