शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

बैशाख ३०, २०८२ मंगलवार
बैशाख ३०, २०८२ मंगलवार
  • विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

    भारतको पञ्जाबमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाको अमृतसरस्थित मजिठामा भएको यस घटनामा गएराती नक्कली मदिरा सेवन गरेपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको हो ।

    प्रहरीले विषाक्त मदिराको मुख्य आपूर्तिकर्ता परबजीत सिंह सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँ भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मानमा भएको बताइएको छ ।

    पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ । प्रहरीले पाँच गाउँहरूमा लक्षणहरू पत्ता लगाउन चिकित्सा टोलीहरू घर-घरमा गएर काम गरिरहेको बताएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार