Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जनताले तिरेको करबाट तलब लिनु ठिक छैन् भन्दै सांसद गीता गुरुङले दिइन् राजीनामा

नमत पार्टीबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।

जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।'

जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।