Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बीमाको रकम हिनामिना गरेको आरोपमा पहाडी पक्राउ

रोल्पामा जीवन बीमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका ४ का गणेश पहाडी रहेका छन् । 

बिमितबाट पैसा लिने तर बिमा कम्पनीको सफ्टवेयर विमाङ्क रकम अध्यावधिक नगरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहाडीले रोल्पाको होलेरी स्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उपशाखा कार्यालयको अपरेसन सपोर्ट पदमा कार्यरत हुँदा विमितबाट विमा रकम बुझ्ने, तर कम्पनीको सफ्टवेयरमा अध्यावधिक नगरेको आरोप छ ।

पक्राउ परेका पहाडी दाङको घोराही स्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत थिए ।

आफूखुसी ५६ जना विमितको १८ लाख ६७ हजार ७ सय १ रुपियाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । पहाडीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।