शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ मा भारत–पाकिस्तान तनावका बीचमा यी विमानस्थलहरू मे १५ बिहान ५:२९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए।

    नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

    विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ।

    इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ। कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको लेखेको छ।

    सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले विज्ञप्तिमा बताएको छ। यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समयसहित एयरपोर्ट पुग्न भनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार