Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो। 

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ। यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।