शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images
अन्तर्वार्ता:

लिभरका बिरामी ८० प्रतिशत रक्सी सेवनले गर्दा भएको देखिन्छः डा.एकानन्द सिंह

लिभरका बिरामी ८० प्रतिशत रक्सी सेवनले गर्दा भएको देखिन्छः डा.एकानन्द सिंह

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • लिभरका बिरामी ८० प्रतिशत रक्सी सेवनले गर्दा भएको देखिन्छः डा.एकानन्द सिंह

    लिभरमा कस्ता कस्ता समस्याहरु हुन्छन् ? कस्तो अवस्थामा लिभरको सर्जरी नै गर्नुपर्छ ? 
    कलेजोमा समस्याहरु त विभिन्नखाले हुन्छन् । तर सर्जरीमा जानुपर्ने चाहीं थोरै मात्रामा हुन्छन् । जनमानसमा विभिन्न खालको अवधारण रहेको पाइन्छ । पेटको अल्ट्रा साउण्ड गर्न जाँदा त्यहाँ फ्याट लिभर भनेर लेखिएको हुन्छ । सुरुमा फ्याट लिभर बिग्रिँदै गएपछि हाइड्रोसिस वा सिरोसिस हुने गर्छ । त्यसैले हामीले लिभर सिरोसिसलाई कन्ट्रोलमा राख्नुपर्छ । यो विग्रियो भने कलेजो पूरै नासिन्छ । त्यसमा लिभर ट्रान्सप्लान्ट आवश्यक पर्न सक्छ । कलेजोको रोगहरु पनि धेरै प्रकारको हुन्छन् । अपरेशन गर्नुपर्ने, नर्मल ट्युमरका समस्याहरु हुनसक्छन् । त्यसमा हामी काम गर्न सक्छौं । इन्साइटमा त्यो ग्रोथ के हो भनेर पनि बुझ्नुपर्छ ।  

    लिभरमा सुरुको समस्या हेर्दाखेरि थाहा नै हुँदैन । अन्तिम स्टेजमा समस्या भएर आउँदाखेरि त्यो अन्तिममै गइसकेको हुन्छ । त्यसैले सुरुको समस्या पत्ता लगाउनको लागि रेगुलर चेकअप नै  गर्नुपर्छ । चेकअप धेरै साधारण छ । साधारण रगत परीक्षण, लिभर फङ्सन टेस्ट पेटको अल्ट्रासाउण्ड गर्दा थाहा हुन्छ लिभरको अवस्था थाहा हुन्छ । जन्डिस भएर धेरै कमजोरी भएर, पेटमा पानी भरिएर आउनु भनेको लिभर रोगको अन्तिम अवस्था हुनसक्छ । त्यसैले साधारणतया सुरुमा थाहा हुँदैन । यसको लागि नियमित चेकअप नै गर्नुपर्छ । रुटिन चेकअप गर्दा  थाहा हुन्छ । आफ्नो डेली लाइफ स्टाइल, एक्साइज र खानपिनले यसमा धेरै मद्दत गर्छ ।

    Yaknanda Singh 1 .jpg

    लिभर सिरोसिस भएको सुरुवाती लक्षण कसरी थाहा पाउने ?
    लिभर सिरोसिस भनेको कलेजो सप्ट हुनु हो । बोडरहरु स्टिफ हुन्छ । फ्याट लिभर हुने वित्तिकै अलिकति हार्डनेश सुरु हुनथाल्छ । सिरोसिसमा धेरै नै हार्ड हुन्छ । प्रोगेसिस, सिरोसिस पहिला नर्मलदेखि फाइग्रोसिस हुँदै कडा हुन्छ । नेपालमा हेर्ने हो सिरोसिस हुने भनेको रक्सी सेवनले हो ।  अरु देशमा अरु कुराहरुले यस्तो हुन्छ भने हाम्रो नेपालमा रक्सी सेवनले यस्तो हुने गर्छ । अहिले  खानपिन र शरीरको बनावटका कारण पनि लिभर सिरोसिस हुनेगर्छ । विभिन्न क्षेत्रमा, विभिन्न कारणले हुने गर्दछ ।

    कलेजोको क्यान्सर कसरी हुन्छ ?
    कलेजोको क्यान्सर हेर्दाखेरी ८० प्रतिशत केसमा चाँही लिभर सिरोसिस भएको मान्छे कलेजोको क्यान्सर भएका पाएका छौं । सिरोसिस नभएको मान्छेमा पनि कलेजोको क्यान्सर हुन्छ थोरै मात्रामा  । सिरोसिसलाई विग्रिन नदिने उपायहरु गर्न आवश्यक छ । समय समयमा क्यान्सरको पनि चेक गर्नुपर्ने हुन्छ ।  कलेजो फिजिसियन,  कलेजो सम्बन्धि विशेषज्ञकहाँ गएर नियमित परिक्षण गर्नुपर्छ । क्यान्सर भन्ने  वित्तिकै  डरलाग्दो कुरा हो । यसको उपचार हुन्छ की हुँदैन भन्ने दोधार हुन्छ । कहीलेकाहीं यसको उपचार सम्भव पनि हुँदैन । त्यसैले सिरोसिस भएको मान्छेले समयमै रुटिन फलोअप गर्ने गर्नुपर्छ । सिरोसिस नै प्रमुख क्यान्सरको कारण हो भन्दा फरक पर्दैन । 

    लिभरलाई बढी कुन चिजले नोक्सान गर्छ ? र कस्ता खानेकुरामा ध्यान दिनुपर्छ ?
    लिभरलाई हेर्ने हो भने सबैभन्दा बढी अल्कोहलले नै हो खराब पार्ने । ८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिसको कारणले पनि हुन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन चाहीं जरुरी छ । लिभरको फङ्सन ५०० हुन्छ । प्रोटिनदेखि लिएर धेरै नै आउँछ । धेरै प्रोटिन खानुपर्छ । सिरोसिस भइसकेको अवस्थामा रक्सी सेवन गर्नु हुँदैन् । लिभर वा कलेजो जोगाउन धेरै इफेक्ट गर्ने खानेकुराहरु नखाने, हेल्दी फाइबर डाइट भएको खानेकुरा सेवन गर्ने र प्रोटिन भएको डाइट खाने गर्नुपर्छ ।

    कलेजो प्रत्यारोपणको अवस्था नेपालमा कस्तो छ ?
    लिभर सिरोसिस नै विग्रिसकेपछि कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । नत्र क्यान्सर हुन्छ । क्यान्सर लिभरभित्रै छ र वाहिर फैलिएको छैन भने ट्रान्सप्लान्ट गरेर बचाउन सकिन्छ । लिभर कलेजो प्रत्यारोपण भनेको कमप्लेक्स सर्जरी हो । यसमा खर्च बढि लाग्ने, स्किल वा मेनपावरको बढी आवश्यक पर्छ । नेपालमा लिभिङ डोनेट गर्ने चलन छ । कसैले दिनुपर्यो भने मानव अंग प्रत्यारोपण ऐन भन्ने छ । त्यो ऐन अनुसार आफ्नो नातेदारबाट लिनुपर्ने हुन्छ । डोनेटका लागि पनि अप्रेसन गर्नुपर्ने हुन्छ । केही उपाय नलागेपछि त्यो उपाय अन्तिम हो । सकेसम्म पहिले कन्ट्रोल गरेर राख्नु नै उचित हुन्छ ।  नेपालको कलेजो प्रत्यारोपण २०१६ देखि सुरु भएको हो । आजभन्दा आठ नौं वर्ष पहिलाबाट सुरु भएको हो । अहिले यसले राम्रो पीकअप लिएको छ । अहिले तीनवटा इन्स्युच्युट यसको काम भइरहेको छ । पहिला मानव अंग प्रत्यारोपण केन्द्र भक्तरपुरमा सुरु गरिएको थियो । त्यसपछि टिचिङ अस्पतालले सुरु गरेको छ । यसैगरी किष्ट मेडिकल कलेजमा लिभर ट्रान्सप्लान्ट राम्रो भइरहेको छ । 

    नेपालमा विशेषगरी सर्जरीहरु कुन कुन विधिबाट हुन्छ ?
    सर्जरी भन्ने कुराहरु दिनप्रतिदिन डेभलपमेन्ट भइरहेको हुन्छ । मेडिकल साइन्स पनि दिनप्रतिदिन नयाँ नयाँ रिर्सचले गर्दा प्रगति प्रोसेस बढि नै रहेको छ । अहिलेसम्म संसारमा ९९ प्रतिशत ओपन सर्जरी नै भइरहेको छ । ओपन भनेको पेटलाई काटेर पेटको प्वाँललाई भित्र अर्थात जुन पुरानो विग्रिएको नासिएको कलेजो छ त्यसलाई निकालेर त्यो ठाउँमा अर्को कलेजो राख्ने गरिन्छ । जो डोनेटबाट आउँछ । नेपालमा लिभिङ डोनेटबाट गर्छौं भने अरु देशमा डिजिज डोनेटबाट प्रत्यारोपण गर्छन् । ब्रेन डेथ भएको बिरामीबाट पनि राख्ने गरिन्छ । अहिले सानो प्वाँलबाट पनि कलेजो प्रत्यारोपण गर्ने गरिन्छ । संसारमा १९६० मा पहिलो चोटी लिभर ट्रान्सप्लान्ट भएको थियो ।

    लिभर रोगको लागि लिभर ट्रान्सप्लान्ट उपाय हो भनेर इग्ल्यान्डले सूचिकृत गरेको थियो । पछि अमेरिका र युरोपहरुमा हुन थाल्यो । भारतमा १९०८ मा सुरु भएको हो । नेपालमा २०१६ देखि सुरु भएको हो । यसको रिजल्ट धेरै राम्रो छ । एकपटक लिभर ट्रान्सप्लान्ट भइसकेपछि साधारण जीवन हुन्छ । ३० वर्ष ४० वर्ष या ५०–६० वर्ष जतिपनि बाँच्छ । एकदमै विश्वासिलो छ । यसमा फेलियर र सक्सेक भन्ने हुन्छ । पहिला फेलियरको रेट धेरै थियो । तर अहिले ९० प्रतिशत भन्दा बढि सफल भएर राम्रो रिजल्ट आएको छ । 

    लिभर ट्रान्सप्लान्टमा खर्च चाँही के कति लाग्छ ?
    म भर्खरै अमेरिकामा लिभर ट्रान्सप्लान्ट सम्बन्धी अस्पतालको दुई महिनाको भिजिटमा थिए । नेपालमा २० वटा ट्रान्सप्लान्ट गर्ने खर्च र अमेरिकामा एउटा ट्रान्सप्लान्ट गर्ने खर्च उस्तै छ । त्यसैले लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो । किनकी हामी सुरुवाती चरणमा छौं । निजी अस्पतालहरुले पनि यसमा फाइदा राखेको छैन् । मेनपावर सस्तो छ । डक्टर वा नर्स सबै सस्तो छन् नेपालमा ।

    औषधी लाग्ने भनेको संसारमा सबै ठाउँमा उही औषधी हो । औषधी उही लाग्ने हो । तर मेनपावर सस्तो भएका कारणले नेपालमा धेरै सस्तो भएको हो । तर अरु रोगको तुलनामा चाँही महङ्गो नै हो । १५–२० दिन अस्पतालमा बस्नुपर्ने हुन्छ । दाता र विरामी दुबैको खर्च जोड्दा ३०–३५ लाख जति लाग्छ ।

    Yaknanda Singh .jpg

    लिभर ट्रान्सप्लान्ट गरेका विरामीहरुले कस्तो–कस्तो सावधानी अपनाउनुपर्छ ?
    लिभर ट्रान्सप्लान्ट गरेको विरामीलाई अरुको लिभर ल्याएर राखेको हुन्छ । त्यसलाई एन्टीबढि भनिन्छ । बाहिरबाट आएको तत्व भएको कारणले रियाक्सन गरिरहेको हुन्छ । रिजेक्ट गर्ने कोशिस गर्छ । त्यसैले त्यो रिजेक्ट नगरोस् भन्नको लागि औषधी दिएका हुन्छौं । त्यसले संक्रमण हुन सक्ने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्नुपर्ने हुन्छ । विस्तारै शरीरले समायोजन गर्ने गर्छ तर सुरुमा मात्र अलि अप्ठ्यारो हो । रिजेक्सन नहोस् भन्नको लागि औषधी चाँही दिनहुँ खानुपर्ने हुन्छ । ब्लड सुगर हाई हुने जस्तो विरामी छ भने चाँही एउटा औषधी चाँही जीवनभर खानुपर्ने हुन्छ । त्यो लिभरलाई बचाउनको लागि हो । व्यायमहरु पनि गर्नुपर्छ । 

    लिभर ट्रान्सप्लान्टबारे केही भन्न चाहनुहुन्छ ?
    लिभर ट्रान्सप्लान्ट नेपालमा सुरु भएको आठ–नौं बर्ष भयो । लिभर ट्रान्सप्लान्टको रिजल्ट हेर्ने हो भने भारतमा र नेपालमा अहिले बराबर नै छ । लिभर ट्रान्सप्लान्ट यहाँ पनि हुन्छ भनेर मानिसहरु धेरैलाई थाहा नै छैन् । भारतमा भन्दा ट्रान्सप्लान्ट नेपालमा नै सहज छ । अस्पतालको चार्जहरु पनि यही सस्तो छ । कलेजोे दिनेलाई चाँही असर हुन्छ कि हुँदैन् भन्ने कुरा पनि आउँछ । अंग दिनेलाई चाँही १०० प्रतिशत सेफ्टी हो भनेपछि मात्र स्वीकृत गर्न सकिन्छ । त्यसको लागि विभिन्न टेस्टहरु गर्नुपर्छ । डोनर चाँही सेफ हुन्छ अंग दिएपछि भन्ने भएपछि बल्ल हामी अपरेशन सुरु गछौं । डोनरपनि सेफ हुन्छ । कलेजो शरीर भित्रको ठूलो अंग हो । र आफै पलाएर आउँछ । जब काटेर दिन्छौ त्यो दुईजनाको टुक्रा एक महिनादेखि डेढ महिनामा एकसय प्रतिशत जति पलाएर आउँछ ।

    अपरेसन गरेको दिनदेखि नै काम गरिराखेको हुन्छ । एक डेढ महिनामा नै साइजमा पनि आइसक्छ । अहिलेसम्म हामीले ५० वटा लिभर ट्रान्सप्लान्ट गर्यौं होला कुनै डोनरलाई केही भएको छैन् ।  डोनर सर्जरी गरिसकेपछि वा डिस्चार्ज गरिसकेपछि कुनै किसिमको फलोअप चाहिँदैन् । भविष्यमा गएर त डोनेसन नगरेकोलाई पनि त कुनै किसिमको रोग लाग्न सक्छ नि त्यो बेग्लै कुरा हो । तर कलेजो दान दिएको कारणले भविष्यमा सोही किसिमको रोग लाग्ने भन्ने कुरा चाँही हुँदैन् । खानपान पनि वार्नुपर्दैन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट