शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकाले चीनसँग गर्‍यो व्यापार सम्झौता, हाल १२ सय अर्ब डलर व्यापार घाटामा

अमेरिकाले चीनसँग गर्‍यो व्यापार सम्झौता, हाल १२ सय अर्ब डलर व्यापार घाटामा

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • अमेरिकाले चीनसँग गर्‍यो व्यापार सम्झौता,  हाल १२ सय अर्ब डलर व्यापार घाटामा

    अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको छ ।

    “मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ, अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्,” अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “यस सम्झौताको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ । यसको विवरण भोलि जारी गरिनेछ ।” 

    अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरल पछिल्ला दुई दिन धेरै रचनात्मक भएको बताएका छन् । “हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सक्षम भयौँ, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ,” ग्रीरले भने ।

    उनका अनुसार अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट