Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैनः प्रधानमन्त्री

‘नयाँ ढङ्गले मल कारखाना खोलिने छ’

 प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।’

‘नयाँ ढङ्गले मल कारखाना खोलिने छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन् ।


उनले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे ।