Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जुम्ली–मार्सी चामल व्यापक चर्चित छ, मैले पनि चाखेको छु: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मार्सी चामलको प्रसङ्ग कोट्याएका छन्। आज (आइतबार) संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मार्सी चामलको प्रसङ्ग निकालेका हुन्।

‘अगाडिदेखि त्यहाँ (कर्णाली) सन्त चन्दननाथले मार्सी चामल ल्याएर मार्सी चामल अहिले व्यापक रूपमै चर्चित पनि छ। कर्णालीको, जुम्लाको; मैले पनि जुम्लाको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ,’ उनले भने । यसअघि २०७३ सालमा प्रधानमन्त्री ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा मार्सी चामलको भात खाएका थिए।

साथमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल समेत थिए । यही प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफूले पनि चाखेको भन्दै ठट्टा गरेका हुन्। प्रधानमन्त्री ओलीलाई मार्सी चामलको भात खुवाउने प्रसाई अहिले थुनामा छन् । गत २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भड्किएको राजावादी प्रदर्शनपछि उनी पक्राउ परेका हुन् ।