शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेस सांसद खतिवडाको चेतावनी: बजेट च्यात्ने अवस्था नआओस्

कांग्रेस सांसद खतिवडाको चेतावनी: बजेट च्यात्ने अवस्था नआओस्

‘राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै बनाऔं’

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • कांग्रेस सांसद खतिवडाको चेतावनी: बजेट च्यात्ने अवस्था नआओस्

    सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्। आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु-मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस् । त्यो अनुरोध गर्न चाहन्छु।’

    उनले बजेट ल्याउँदा मन्त्रीको क्षेत्रमा मात्र नभइ सबै सांसदका क्षेत्रमा समानुपातिक ढंगले ल्याउनु पर्ने बताए । ‘म यति आग्रह गर्न चाहन्छु, नीति तथा कार्यक्रम राम्रो आएको छ,’ खतिवडाले भने, ‘बजेट ल्याउँदा पनि त्यसलाई आधार बनाएर, केवल मन्त्रीहरुको आफ्नो क्षेत्रमा केन्द्रित नगरेर प्रतिनिधित्व गर्ने सबै सांसदका क्षेत्रमा समावेशी र समानुपातिक पद्धतिका आधारमा यो बजेट बाँड्ने प्रक्रियाको सुरुवात होस् ।’

    सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनु पर्ने प्रस्ताव गरेका छन् । यसो गरे सरकारको खर्च कटौती हुने उनको धारणा छ । सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै खतिवडाले सो धारणा राखेका हुन् ।

    सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ। यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ।’ अहिले नागरिकको ध्यान संसदतिर आकर्षित गर्नुपर्ने भएको बताउँदै उनले त्यसका लागि सरकारले संसदलाई काम दिनुपर्ने धारणा पनि राखे ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार