शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

८० लाख युवा बाहिर छन्, सरकारले कामै गरेनः सांसद शाही

८० लाख युवा बाहिर छन्, सरकारले कामै गरेनः सांसद शाही

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • ८० लाख युवा बाहिर छन्, सरकारले कामै गरेनः सांसद शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले ८० लाख बढी युवा श्रमका लागि बाहिर रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आज पनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए ।

    उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्न पर्दैन ? भन्दै प्रश्न गरे । वैदेशिक रोजगारीको नाममा आज पनि लाखौं मानिसहरू दलालबाट ठगिएको उनको भनाइ छ ।

    वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ। वेदेशिक रोजगारीको लागि जहाँ गए पनि नेपाली नागरिक मर्नु पर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट