Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारत-पाकिस्तान दुवैले एक अर्कालाई लगाए युद्धविराम भङ्ग गरेको आरोप

भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप समेत लगाए।

त्यसको केही समयपछि नै पाकिस्तानी विदेश मन्त्रीले आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको बताउँदै भारतले कुनै स्थानमा उल्लङ्घन गरेको आरोप लगाए। यी दुई देशबीच पछिल्लो चार दिन यता भएको झडप दशकमै सबै भन्दा खराब झडप थियो।

२२ अप्रिलका दिन कश्मीरको पहलगममा आतङ्कवादी हमला भएपछि यसको विरुद्धमा गत साता भारतले आक्रमण सुरु गरेको थियो। यस क्रममा धेरै मिसाइल तथा ड्रोन आक्रमण भएको थियो। पाकिस्तानले पहलगाम घटनामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको थियो।

दुवै देश एक आपसमा युद्धको नजिक देखिएकै समयमा एकै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आफ्नो देशको मध्यस्थतामा युद्ध विराम भएको उल्लेख गरेका थिए। त्यसको केही समयपछि नै भारतीय विदेश मन्त्रीले युद्ध विराम भएको बताउँदै यो सहमति गराउने कुरामा तीन दर्जन देश समावेश भएको समेत बताए। त्यसको केही घण्टापछि नै काश्मीरमा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ।

उनले भारतीय सेनालाई युद्ध विरामको बारे पूर्ण जानकारी दिइसकेको समेत बताए। त्यसको केही समय पछि नै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले युद्ध विरामका लागि पाकिस्तान तयार भएको बताए।