शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादी प्रर्दशनमा पक्राउ परेका रविन्द्र मिश्रलगायत सबैको रिहाई गर्न माग

राजावादी प्रर्दशनमा पक्राउ परेका रविन्द्र मिश्रलगायत सबैको रिहाई गर्न माग

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • राजावादी प्रर्दशनमा पक्राउ परेका रविन्द्र मिश्रलगायत सबैको रिहाई गर्न माग

    राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरुलाई रिहाइको माग गरेका छन् । आज शनिबार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रर्दशनमा पक्राउ परेका आस्थाका बन्दीहरु रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई रिहाइ गर्न माग गरेको हो ।

    उक्त रिहाइको मागलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि एक्यबद्धता जनाएका छन् । उनले एक्यबद्धता जनाउँदै आस्थाका बन्दिहरु रविन्द्र मिश्र लगायतका बन्दिहरु अपराधि नभएको बताए । उनले उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि नगरेकोले तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरे । 

    Kamal Thapa .jpg

    उनले भने, ‘राष्ट्रवादी देशभक्त साथिहरुबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दिहरु रवन्द्रि मिश्र लगायतका बन्दिहरु अपराधि होइनन् , उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरु विचारका योद्धाहरु हुन् । त्यसैले तत्काल सरकाले रिहाई गर्नुपर्छ ।’

    साथै उनले वर्तमान निरकुंश र भ्रष्ट सरकारले उनीहरुमाथि अन्याय र अनेकौ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको बताए । उनले विना प्रमाण रविन्द्र मिश्र लगायतका आस्थाका बन्दिहरुलाई ४३ दिनदेखी थुनामा राखेको बताए ।

    Photo (7) (1).jpg

    उनले भने, ‘सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं, पशुपति खड्का, सन्तोष शिलवाल, कमल विष्ट लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई थुनामा राखेको छ । उनीहरु कुनै अपराधि होइनन् । उनीहरुले संविधानद्वारा प्रद्धत अभिव्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् ।  तर वर्तमान निरकुंश सरकारले, भ्रष्ट सरकारले उनीहरुमाथि अन्याय र अनेकौ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको छ । उहाँहरुलाई ४३ दिनदेखी थुनामा राखेको छ ।’ 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार