Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एमालेले लगायो सांसदलाई ‘ह्वीप’

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । उक्त दिनको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित ह्वीप जारी गरेका हुन् । मुख्य सचेतक बर्तौलाले बैठकमा उपस्थित भई सरकारको पक्षमा मतदान गर्न समेत आग्रह गरेका छन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधन मार्फत प्रस्तुत गरिएको आव २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको सूचनामा भनिएको छ ।