शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतले गर्‍यो देशभरका विमानस्थलहरूमा उच्च अलर्ट, २४ विमानस्थलहरू नागरिक उडानहरूका लागि अस्थायी रूपमा बन्द

भारतले गर्‍यो देशभरका विमानस्थलहरूमा उच्च अलर्ट, २४ विमानस्थलहरू नागरिक उडानहरूका लागि अस्थायी रूपमा बन्द

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • भारतले गर्‍यो देशभरका विमानस्थलहरूमा उच्च अलर्ट, २४ विमानस्थलहरू नागरिक उडानहरूका लागि अस्थायी रूपमा बन्द

     भारतले अपरेशन सिन्दूर अन्तर्गत गरेको कारबाहीबाट पाकिस्तान आक्रामक बनेको छ । पछिल्लो ३६ घण्टामा सीमाको अवस्था द्रुत गतिमा परिवर्तन भएको छ ।

    यी परिस्थितिहरूलाई ध्यानमा राख्दै, भारतले देशभरका विमानस्थलहरूमा उच्च अलर्ट जारी गरेको छ । भारत-पाकिस्तान तनावको बीचमा, पञ्जाब, जम्मू र कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक उडानहरूका लागि अस्थायी रूपमा बन्द गरिएका छन् । धेरै एयरलाइन्सहरूले ट्राभल एडभाइजरी पनि जारी गरेका छन् । 

    बन्द गरिएका विमानस्थल क्षेत्रहरू भारत-पाकिस्तान सीमा नजिक छन् वा रणनीतिक रूपमा संवेदनशील छन् । पाकिस्तानले पठानकोट, जालन्धर र जैसलमेर जस्ता क्षेत्रहरूमा ड्रोन आक्रमण गरेको हुनाले, बन्दको उद्देश्य हवाई आक्रमण वा ड्रोन आक्रमणबाट सुरक्षा सुनिश्चित गर्नु रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

    यसबाहेक, नागरिक उड्डयन सुरक्षा ब्यूरोले सबै विमानस्थल र एयरलाइन्सहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । पाकिस्तानले बिहीबार राति भारतमा ड्रोन आक्रमणको प्रयास गरेको छ । तर भारतीय सेनाले आक्रमणको उचित जवाफ दिएको बताएको छ । यसपछि जम्मूदेखि राजस्थानसम्म ब्ल्याकआउट भएको थियो । यससँगै धर्मशालामा खेलिरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा रोकिएको थियो र केही समयपछि रद्द गर्ने निर्णय गरिएको थियो ।

    यसैबीच, भारतीय वायु रक्षा बलले पठानकोट सेक्टरमा पाकिस्तानी वायुसेनाको एउटा जेट र नौशेरा सेक्टरमा दुई पाकिस्तानी ड्रोन खसालेको बताएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार