शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्याउमा रोग लाग्दा किसान चिन्तित (फोटोफिचर)

स्याउमा रोग लाग्दा किसान चिन्तित (फोटोफिचर)

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • स्याउमा रोग लाग्दा किसान चिन्तित (फोटोफिचर)

    दान बहादुर बुढा। मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । विरुवाको बोक्रा खुइलिएर जाने, ढुसी लाग्ने, ऐजेरु पलाउने र बिरुवा सुक्दै जाने समस्याका कारण स्याउ कृषक मारमा परेका हुन् ।

    Photo (13).jpg

    मुगालीहरुको मुख्य आम्दानीको स्रोत पछिल्लो समयमा स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर किसानहरु चिन्तित बनेका हुन् । मुगुमा सडक सन्जाल जोडिएपछि कृषकहरु स्याउ खेतितिर आकर्षित छन् । हावापानी पनि स्याउखेती उत्पादनका सुहाउँदो थियो तर पछिल्लो समय बिरुवाहरुमा किराको संक्रमणले बोक्राको छाला खुइलिने बिरुवामा ऐजेरु झार पलाउने, ढुसी लाग्ने विरुवा सुक्दै जाने समस्या बढेको हो । अब स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ । 

    Photo (14).jpg

    यता स्थानीय सरकार, जिल्ला कृषि बिकास कार्यालय, अन्य कृषिसंग काम गर्ने कुनै पनि संघसस्थाले नहेरेको छाँयानाथ रारा नगरापलिका–६ का कृषक जसन्त कुलालले बताए । मुगुलगायत अन्य कर्णालीका स्याउ उत्पादन हुने जिल्लाहरुमा कृषकहरुले लगाएका बिरुवाहरुमा पेपरी वाग रोग, स्याउका हागाहरुमा चिरा पर्ने, बोक्रा निस्कने, बिरुवाहरु सुक्दै जाने र स्याउका बिरुवामा अन्य झारपात उम्रने, ढुसी जस्ता रोगदेखिएको उनीहरुको भनाइ छ ।

    Photo (16).jpg

    विषेशगरि कृषकहरुलाई सिकाएको प्राकृतिक ज्ञान अनुसार काम नगर्ने,  कृषकहरुलाई प्राविधिक ज्ञान नहुँदा समयमा गोडमेल, सुरक्षा नगर्ने, बिरुवामा लगाउने चुना, निलोतुथो रेसियो नमिलाउनाले रोग लाग्ने गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।  

    Photo (2).jpg

    मुगुमा रहेका चार स्थानीय तहमा रहेको जमिनको कुल भूभागको ११.७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिरहेका कृषकहरुका बिरुवा हरेका बर्ष यस्तै रोग लाग्ने हो भने किसान थप चिन्तित बन्ने देखिन्छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार