शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गोलघरमा यातना पाए, पेन किलर खाँदाखाँदा किड्नी फेल भयो: प्रधानमन्त्री केपी ओली

गोलघरमा यातना पाए, पेन किलर खाँदाखाँदा किड्नी फेल भयो: प्रधानमन्त्री केपी ओली

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • गोलघरमा यातना पाए, पेन किलर खाँदाखाँदा किड्नी फेल भयो: प्रधानमन्त्री केपी ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएका कारण आफ्नो मिर्गौला फेल भएको बताएका छन्। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  उनले पेन किलर सेवन गर्दा मिर्गौला फेल भएको उल्लेख गरे। तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए।

    ‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो। अल्सर भयो, दुखेर असैह्य हुन्छ। पेटभरी घाउ भएर, भतभत पोल्छ। रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?’ उनले सुनाए। 

    यस्तै ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए। 

    उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे। 

    कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। प्रधानमन्त्री ओलीले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट