Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि राजावादीले जनआन्दोलन गर्ने

 राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि राजावादी समूहले जनआन्दोलन घोषणा गरेको छ ।

राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

सुवेदीले पत्रकार सम्मेलनमार्फत भने,  ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ ।’

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।