शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन्। 

    आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो। हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन । मृतकको परिचय पनि खुलेको छैन। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् । दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

     उत्तराखण्डमा केही दिनदेखि नै मौसम खराब छ । भारतको मौसम विज्ञान विभागले सो क्षेत्रमा पानी पर्ने र हावाहुरी चल्ने चेतावनी जारी गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट