Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य,  कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।