Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्तर्वार्ता:

विद्यार्थीहरूलाई मानसिक रूपमा सशक्त बनाउने अभियानमा काठमाडौं मोडल कलेज: एलिस राजोपाध्याय (भिडियो अन्तर्वार्ता)

काठमाडौं मोडल कलेज (KMC), बागबजारस्थित त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक प्रतिष्ठित शैक्षिक संस्था हो।

कलेजले व्यवस्थापन, सूचना प्रविधि (IT) र सामाजिक विज्ञान (Social Sciences) अन्तर्गत स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू — जस्तै BBA, BBM, BBS, BCA, BA in Psychology and Social Work, MA in English, र MBS — सञ्चालन गर्दै आएको छ। यही कलेजमा सामाजिक कार्य संकायका शिक्षक तथा कार्यक्रम प्रमुखका रूपमा कार्यरत छन्, एलिस राजोपाध्याय। राजोपाध्याय शिक्षण क्षेत्रमा समर्पित एक प्रेरणादायी व्यक्तित्व हुन्।

New Project (3).png

उनले सामाजिक कार्यका विषयहरू अध्यापन गर्दै विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सोच र सामाजिक उत्तरदायित्व बोध गराउने काम गर्दै आएका छन्। कक्षाकोठाभित्र मात्र नभई, विद्यार्थीहरूको समग्र मानसिक सशक्तिकरणमा समेत उनी सक्रिय छन्। सञ्चार क्षेत्रमा पनि अनुभव बटुलेका राजोपाध्यायले एक वर्षभन्दा बढी समय नेपाली समाचारलाई अंग्रेजीमा अनुवाद गर्नुका साथै अंग्रेजी भाषामा "soft news" लेख्ने कार्य गरेका थिए। सञ्चार क्षेत्रमा आर्जन गरेको स्पष्टता, प्रभावकारी सम्प्रेषण क्षमता र सूचनाको संवेदनशीलताप्रति जागरूकता आज उनी आफ्नो शिक्षणशैलीमा कुशलतापूर्वक उपयोग गर्दै आएका छन्।

शिक्षण र सञ्चारसँगै, उनले विभिन्न गैरसरकारी संस्थाहरूमा आबद्ध भएर सामाजिक सुधार अभियानहरूमा समेत योगदान पुर्याएका छन्। समाजसँग प्रत्यक्ष सम्पर्कमा रहँदै, नीति निर्माण र युवा नेतृत्व विकासमा पनि उनी सक्रिय छन्। विद्यार्थीहरूलाई केवल किताबी ज्ञान प्रदान गर्ने मात्र नभई, जीवनोपयोगी सीप र मानसिक सशक्तिकरणका लागि पनि मार्गदर्शन गर्दै आएका एलिस राजोपाध्याय शिक्षा र सामाजिक रूपान्तरणलाई हातेमालो गराउँदै अघि बढिरहेका छन्।

सामाजिक कार्य संकायका शिक्षक तथा कार्यक्रम प्रमुख एलिस राजोपाध्यायसँग नेपालरैबार डटकमका लागि जीवन बनियाले गरेको विशेष कुराकानी भिडियोमा हेर्नुहोस्।