Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पाकिस्तानविरुद्ध भारतको ‘अपरेशन सिंदुर’, आठजनाको मृत्यु, ३५ बढी घाइते

मध्यरातमा पाकिस्तानका कम्तिमा पाँच स्थानमा भारतीय सेनाले आक्रमण गरेको छ । भारतको कश्मीरलक्षित सैन्य कारबाहीमा आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।

पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ । ३५ जना घाइते भएका छन् । दुईजना हराइरहेको बताइएको छ ।

भारतको यो आक्रमण वस्ती क्षेत्रमा भएको जनाइएको छ । भारतले यसलाई ‘अपरेशन सिंदुर’ भनेको छ । पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ । प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् । 

भारतले यो अपरेशन कश्मीर क्षेत्रमा गरेको छ । जहाँ भारतमाथि हमलाको आक्रमण बनेको थियो । त्यहीँबाट आक्रमण  सुरु गरेको समाचारमा जनाइएको छ । भारतको कस्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको हो ।

भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।