शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचण्ड प्रधानमन्त्री हुँदाको कुशासनको मार आजसम्म टोपबहादुरले भोग्दै हुनुहुन्छ : सूर्य थापा

प्रचण्ड प्रधानमन्त्री हुँदाको कुशासनको मार आजसम्म टोपबहादुरले भोग्दै हुनुहुन्छ : सूर्य थापा

‘सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ?’

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • प्रचण्ड प्रधानमन्त्री हुँदाको कुशासनको मार आजसम्म टोपबहादुरले भोग्दै हुनुहुन्छ : सूर्य थापा

    सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आज (सोमबार) बैठकमा बोल्दै उनले सरकार ढल्दैछ भनेर भइरहेका प्रचार असत्य हुँदै आएको बताए। उनले भने, ‘दुई ठूला पार्टीसहित अन्य दलहरू पनि सहभागी भएर बनेको सरकार अहिले अघि बढिरहेको छ । तर दिनहुँ सरकारविरुद्धको चलखेल भइरहेका छन् ।

    आजै सरकार ढल्छ भोलि नै ढल्छ भन्ने वक्तव्यले समाजमा ध्वनि प्रदुषण भइरहेको छ । त्यस्ता गलत वक्तव्यहरू निरर्थक साबित भएका छन् । त्यस्तो बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएको र कति झूटो बोल्नसक्ने काबिल नेता मानेर सुनिराख्नु पर्ने हो ।’ उनले पछिल्लो २० महिना प्रचण्ड नेतृत्वको सरकारले पाकिस्तानी मोडेलको अभ्यास गरेको आरोप समेत लगाएका छन् । उनले थपे, ‘कति फाइल खोल्ने हुँकार गरियो तिनको हविगत के भएको छ । त्यसको भोगाइ आज टोपबहादुर रायमाझीजीले भोगिराख्नु भएको छ । कुशासनको अनेक रूप त्यसरी प्रकट भएका थिए । सुनले देश पहेलपुर भएकै थियो । त्यो सबै मुहान आज त बन्द भएका छन् ।’

    ‘सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ?’
    एमालेका सांसद सर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् । ‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्,’ उनले भने । राप्रपाकी सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन्। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

    छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो। चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ । बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट