शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैनः राप्रपा

किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैनः राप्रपा

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैनः राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका छन् ।

    आज (सोमबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका विरुद्धलाई कारवाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका हुन् ।

    उनले आफूहरूको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरिन् ।

    कार्कीले आफ्ना मुद्दाहरूलाई अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएको भन्दै आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चुनौति समेत दिइन् । उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानविन गठन गर्न तयार नभएको बताइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट