Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट वैशाख १५ गतेको पत्रबाट स्वीकृत भई कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

himalayan-life-bonus.webp