Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

आईएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा १० प्रतिशत बढेको छ ।

चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ११ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६० करोड छ । वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ रहेकोमा अहिले ९ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा छ ।