शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आशा लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो, प्रतिशेयर कति?

आशा लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो, प्रतिशेयर कति?

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • आशा लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो, प्रतिशेयर कति?

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष करीब ६९ प्रतिशत बढी नाफा कमाएको हो।

    गत वर्ष यसै अवधिसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियाे । कम्पनीको प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ७ पैसाबाट बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३८ पैसा रहेको छ।

    कम्पनीको खुद ब्याज आम्दानी ३१ करोड ६२ लाख रुपैयाँबाट बढेर ५० करोड ८० लाख रुपैयाँ छ । सञ्चालन नाफा पनि साढे ५ करोड रुपैयाँबाट बढेर ९ करोड ६६ लाख रुपैयाँ नाघेको छ।

    त्यस्तै, चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा पौने ५ करोड रुपैयाँभन्दा बढी र रिजर्भमा ३४ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

    कम्पनीले करीब ६ अर्ब ३८ करोड रुपैयाँ सापटी लिएर १० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कम्पनीको निष्क्रिय कर्जा ४.९५ प्रतिशतबाट सामान्य बढेर ४.९७ प्रतिशत पुगेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार