Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको छ ।