नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्