शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोसिली उद्योगद्वारा विप्लवलाई खाजा सामग्री हस्तान्तरण

कोसिली उद्योगद्वारा विप्लवलाई खाजा सामग्री हस्तान्तरण

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • कोसिली उद्योगद्वारा विप्लवलाई खाजा सामग्री हस्तान्तरण

    गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका  महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् । Photo (4).jpeg

    उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे अवगत गराए । उनले राज्यको उचित ध्यान र सहयोगको अभावमा उद्योग क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।

    महासचिव विप्लवसँगको भेटलाई फलदायी मान्दै थापाले आफ्नो उद्योगले उत्पादनसँगै स्वरोजगारी सिर्जनामा पनि योगदान पुर्‍याएको जानकारी दिए । देशमा व्याप्त राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्ररी असर गरेको उनको भनाइ थियो ।

    Photo (3) (1).jpeg

    यस भेटघाटमा महासचिव विप्लवले राष्ट्रिय पुँजीपति र स्वदेशी उद्योगीहरूसँग सहकार्य गरेर देशलाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताए ।

    उनले सहकारीमार्फत उत्पादन र पार्टीको स्वामित्वमा रहेको जग्गालाई एकीकृत रूपमा उपयोग गरी काम अगाडि बढाइएको जानकारी दिए । उद्यमी थापासँगको यो भेटले सकारात्मक सन्देश दिएको विश्वास उनले व्यक्त गरे ।

    Photo (5).jpeg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार