Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जिसस अछामकी उपप्रमुख शाहीसहित तीन जना महिला पक्राउ

जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीलगायत तीन जना महिला पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् । 

उनीहरुविरुद्ध अपमानजनक व्यवहार गरेको भन्दै मुद्दा दायर भएको हो । ०७९ जेठ २१ मा घर नजिकैको जंगलमा  विनोद शाही मृत भेटिएका थिए । काँग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ ।

उक्त घटना काँग्रेस र एमाले जोडिएर राजनीतिकरण भएपछि अहिलेसम्म पनि त्यसको असर परिरहेको छ । विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा  भए तापनि घटनाले राजनीतिक रूप लिएपछि पटक-पटक विवाद हुँदै आएको छ ।

सोही क्रममा पञ्चदेवल विनायक-४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् ।