शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटर्वार्ता, के-के भयो कुराकानी?

    प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।

    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी थिए ।

    सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जनाए । ‘टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भयो’, उनले भने, ‘प्रधानमन्त्री ज्यूले हाल भइराखेका प्रक्रिया, पीडितहरूले उठाएको सरकारका विषयहरूमा छलफल भयो ।’

    उनले प्रक्रिया सकारात्मक रहेको जानकारी पाएको बताए । ‘यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ । कहाँ पुग्यो के भइराखेको छ भन्ने जानकारी गरायौं’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट