शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

    रवीन्द मिश्रसँगै दुर्गा प्रसाईको पनि पाँच दिन म्याद थपिएको छ । राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि यही कसुरमा म्याद थप भएको हो । यसअघि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

    संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो । अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। 

    जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ । प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार