शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पोपको अवतारमा देखिए ट्रम्प, क्याथोलिक समुदायले गरे कडा विरोध

पोपको अवतारमा देखिए ट्रम्प, क्याथोलिक समुदायले गरे कडा विरोध

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • पोपको अवतारमा देखिए ट्रम्प, क्याथोलिक समुदायले गरे कडा विरोध

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट शेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोध भएको छ।

    २१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् । ट्रम्पले शेयर गरेको उक्त तस्वीरमा उनी पोप जस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका छन् ।

    न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ । केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु ।’ यद्यपि राष्ट्रपति ट्रम्प यसरी विवादमा तानिएका पहिलो पटक भने होइन। एक वर्षअघि पूर्व राष्ट्रपति जो बाइडनले प्रो–एबोर्शन र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएका कारण क्याथोलिक समुदाय रुष्ट भएको थियो ।

    भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्वीरमा कुनै प्रतिक्रिया दिएको छैन। भ्याटिकनमा बुधबारदेखि नयाँ पोपको चयन प्रक्रिया सुरु हुन लागेको छ । न्यूयोर्क क्याथोलिक सम्मेलनले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘मिस्टर प्रेसिडेन्ट, यो फोटोमा केही पनि रमाइलो छैन । हामीले भर्खरै आफ्ना प्रिय पोपलाई बिदा गरेका छौँ र अब एक गम्भीर निर्वाचन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो आस्थाको मजाक नउडाउनु होस् ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार