Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।