Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबी बैंकले गट्ठाघर शाखाबाट शुरू भई बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ रहे। कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई रु ५ लाख र नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ।

यसैगरी, उक्त कार्यक्रम सातवटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ। हाल एनएमबी बैंक देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।